ज्ञानमाण्डू। आ.व. २०७७/७८ को दोस्रो त्रैमास सम्ममा स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ८६ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको स्वस्तिक लघुवित्तले ६८ करोड ०१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, स्वस्तिक लघुवित्तले ४८ करोड १८ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २ करोड ५१ लाख रुपैयाँ रहेको छ।
स्वस्तिक लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४९.६२ प्रतिशतले बढेर २ करोड १३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.५० प्रतिशत छ ।