
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १० गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
मङ्गलबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले बढेको देख्न सकिन्छ ।