
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २५ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ तोकिएको छ ।
बुधबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको देख्न सकिन्छ ।