आर्क्स ग्रुपले नेपालमा जुबाओ विद्युतीय भ्यान भित्र्याएको छ । आर्क्स ग्रुपले सोमबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी स्वयम्भू हारती टुर्स एण्ड ट्राभल्स प्रा. लि. लाई १८ थान जुबाओ भ्यान हस्तान्तरण गरेको हो ।
कम्पनीले भित्र्याएका १४ सिटे विद्युतीय भ्यानप्रति प्रारम्भिक दिनमै व्यवसायीको आकर्षण बढेको पाइएको छ । जुबाओ ईभी थ्यान चीनको एफएडब्लू जिलिन् कम्पनीद्वारा उत्पादन गरिएको एक अत्याधुनिक इलेक्ट्रिक गाडी हो ।
जुबाओ विद्युतीय भ्यान विशेष गरी समूह यात्रा, शटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त रहेको जनाइएको छ ।
जुबाओ ईभी भ्यान नेपाली बजारमा आर्क्स ग्रुपको पूर्ण प्रतिविद्धतासाथ प्रस्तुत गरिएको छ । यो गाडीले वातावरणमैत्री र न्यून सञ्चालन खर्चका साथ यात्रामा आरामदायक सुविधा प्रदान गर्दछ । आर्क्स ग्रुपद्वारा नेपाली बजारमा उपलब्ध गराउँदै आएको यो भ्यान, हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बनेको छ ।
नेपालमा जुबाओ १४ सिटे विद्युतीय भ्यान सार्वजनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en