नेपालका पहिलो र एक मात्र डलर अर्ब पति विनोद चौधरीको सम्पत्ति २० करोड डलरले वृद्धि भएको छ। फोर्ब्सले सार्वजनिक गरेको २०२५ को अर्ब पतिहरूको सूचीअनुसार, चौधरीको कुल सम्पत्ति २ अर्ब डलर पुगेको छ। सन् २०२४ मा १ अर्ब ८० करोड डलर रहेको सम्पत्ति एक वर्षमै २० करोड डलरले बढेको फोर्ब्सको तथ्याङ्कले देखाएको छ।
फोर्ब्सद्वारा प्रकाशित विश्वका अर्ब पतिहरूको सूचीमा चौधरी १७६३औँ स्थानमा उक्लिनुभएको छ। उहाँ चौधरी ग्रुपका अध्यक्ष हुनुहुन्छ, जसले नेपालदेखि भारत, बङ्गलादेश, सर्बिया, अफ्रिका हुँदै विश्वभर व्यवसाय विस्तार गरिरहेको छ।
फोर्ब्सका अनुसार, चौधरीको मुख्य सम्पत्ति नबिल बैङ्क र सिजी फूड्स (वाई वाई चाउचाउ निर्माता) मा रहेको छ। सिजी फूड्सले भारत, सर्बिया, बङ्गलादेश लगायतका देशहरूमा उत्पादन संयन्त्र विस्तार गरिसकेको छ, भने इजिप्टमा नयाँ कारखाना स्थापना गर्ने तयारी भइरहेको छ।
चौधरी समूह १४३ होटेलहरूको स्वामित्व र व्यवस्थापन गर्दै आएको छ, जसमा भारतको ताज होटेल चेनसँग सम्बद्ध विलासी होटेलहरू पनि समावेश छन्। साथै, समूहले होटेल तथा रियल इस्टेट क्षेत्रमा ठुलो लगानी गरिरहेको छ।
निकट भविष्यमा चौधरी समूहले नयाँ उत्पादनहरू सार्वजनिक गर्ने योजना बनाएको छ, जसमा विभिन्न प्रकारका सस प्रमुख रहनेछन्। व्यावसायिक रूपमा विश्व बजारमा थप विस्तार गर्ने लक्ष्यअनुसार, कम्पनीले विभिन्न देशहरूमा आफ्नो उपस्थिति बलियो बनाउँदै छ।
 
२ अर्ब डलर सम्पत्तिसहित विनोद चौधरी नेपालका एक मात्र डलर अर्ब पति
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    