बोटलर्स नेपाल (तराई) लिमिटेडले साउन ७ गते ठुलो करदाता कार्यालयमा कर सम्बन्धी दायित्व अन्तर्गत ७८ करोड ६ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले सो रकम वित्त विधेयक २०८२ को दफा ३०, धितो पत्र दर्ता तथा निर्गमन विनियमावली, २०७३ को नियम २६(५०) र धितो पत्र सूचीकृत विनियमावली, २०७५ को नियम २२(९१०) बमोजिम दाखिला गरेको जनाएको छ।
कम्पनीले साउन ७ गते (२०२५ जुलाई २३) मा उक्त कर रकमको आधिकारिक रसिद प्राप्त गरेको जानकारी दिएको छ। कर प्रशासनसँगको पारदर्शिता र दायित्व पालनको सन्देश स्वरूप बोटलर्स नेपालले यो रकम दाखिला गरेको हो, जसले नियामक निकायहरूप्रति कम्पनीको प्रतिबद्धता झल्काउँछ।
धितो पत्र बजारमा सूचीकृत कम्पनीको रूपमा बोटलर्स नेपालले विगतदेखि नै नियामयकी प्रावधानहरूको पालना गर्दै आएको छ। यस पटकको कर भुक्तानीले कम्पनीको सुशासन, उत्तरदायित्व र पारदर्शितातर्फको प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
 
बोटलर्स नेपाल (तराई) लिमिटेडद्वारा ७८ करोड रुपैयाँभन्दा बढीको कर भुक्तानी
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    