केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर पार्ट्स वितरणको क्षेत्रमा ख्यातिप्राप्त कम्पनी सत्यदिप इन्टरनेसनलले केज पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ । गत जेठ २ गते (मे १६) चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा सम्पन्न सो कार्यक्रममा स्टेक होल्डर, पार्टनर र डिलरहरूले आफ्नो व्यावसायिक सफलता र भविष्यको योजना बारेमा जानकारी आदानप्रदान गर्ने अवसर पाएका थिए ।
सो अवसरमा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र कुमार मिश्रले कम्पनीको दुई दशक देखिको यात्राको बारेमा जानकारी प्रदान गर्नुका साथै सत्यदिपको गुणस्तर, विश्वसनीयता र देशव्यापी वितरण क्षमताको बारेमा जानकारी प्रदान गर्नुभएको थियो । सहभागी बिचमा अन्य कुराका अतिरिक्त केजको उत्पादन क्षमताका बारेमा विशेष प्रकारको भिडियो प्रदर्शन गरिएको थियो, जसले महत्त्वपूर्ण जानकारीका साथ सो दिनलाई अर्थपूर्ण बनाउन भूमिका खेलेको थियो ।
सो अवसरमा केजको ग्लोबल भिजन र प्रडक्ट इनोभेसनको बारेमा केजका सेल्स डाइरेक्टर चोङ चिन सियोङ र केज ब्रान्डको नेपालमा बजार रणनीति, प्रभावशाली वृद्धि पथ र भविष्यको योजना बारेमा सत्यदिप इन्टरनेसनलका बिजनेस डेभलपमेन्ट म्यानेजर दिवाकर मिश्रले प्रस्तुतीकरण मार्फत जानकारी प्रदान गर्नुभएको थियो । सो अवसरमा सत्यदिपको लोभलाग्दो बजार प्रभाव बारेमा तथ्यांकिय प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रम समापनको अवसरमा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र कुमार मिश्रले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै नवीनता, विश्वास र सहकार्यसहित नेतृत्व गर्ने सत्यदिपको भिजनलाई पुनः पुष्टि गर्नुभयो ।
नेपालमा केजले चाइनिज–ओरिजिन ब्याट्रीमा ४० प्रतिशत र नेपालको दुई पाङ्ग्रे सवारीको ब्याट्री बजारमा २० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगटेको छ । यस कारण यो सेगमेन्टमा केज नम्बर १ ब्याट्री ब्रान्ड बनेको छ ।
सत्यदिप इन्टरनेसनल प्रा.लि. सन् २००२ मा स्थापना भएको हो, जसले नेपालमा प्रिमियम अटोमोटिभ स्पेयर पार्ट्स र ब्याट्रीको क्षेत्रमा विश्वासिलो वितरकको पहिचान कायम गरेको छ । नेपाली बजारमा बोस, भालेओ, जेडएफ र केज लगायतका विभिन्न ब्रान्डसँगको सहकार्यमा कार्य गरिरहेको सत्यदिप इन्टरनेसलन रिटेल नेटवर्क, विश्वसनीयता र अतुलनीय सर्भिसका लागि परिचित छ ।
सत्यदिप इन्टरनेसनलद्वारा केज पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en