मधेश प्रदेशमा पहिलो पटक आयोजना भएको डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न भएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासङ्घ मधेश प्रदेशको सहकार्यमा महोत्तरीको बर्दिबासमा वैशाख ३१ गते कन्क्लेभ आयोजना भएको थियो ।
होटेल नाभ्यामा दिनभर सञ्चालन भएको कन्क्लेभमा मधेश प्रदेशको डिजिटल अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा बृहत् छलफल र अन्तर्क्रिया भएको थियो । कन्क्लेभले डिजिटल मधेशका लागि आगामी रणनीति बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।
‘फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ थिममा केन्द्रित कन्क्लेभमा ३ किनोट प्रस्तुति, ६ बढी थिम्याटिक प्यानल सेसन र ३० बढी विज्ञको सहभागिता रहेको थियो ।
कन्क्लेभमा मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहसहित विभिन्न मन्त्रालयका मन्त्री, सांसद, पूर्व मन्त्री, जनप्रतिनिधि, उच्च सरकारी अधिकारी, विज्ञ, सरोकारवालाहरू लगायत ३०० बढीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, एआई र डेटा सुरक्षा, स्टार्टअप र इनोभेसन इकोसिस्टम, आइसिटी नीति, डिजिटल गभर्नेन्स लगायतका विषयमा विभिन्न प्रस्तुति र छलफल गरिएको आयोजकले जानकारी दिएको छ ।
कन्क्लेभमा विभिन्न डिजिटल इनिसिएटिभ्स र डिजिटल रूपान्तरणका आइडियाहरूले सोकेस तथा प्रस्तुतिको अवसरमा समेत पाएका थिए ।
कार्यक्रममा मधेश प्रदेशको डिजिटल च्याम्पियनको रूपमा खल्तीका सह-संस्थापक अरविन्द साह, डायमानिक टेक्नोसफ्टका सिइओ दीपक साह र स्किल स्पार्कका संस्थापक सिर्जना झालाई सम्मान गरिएको छ ।
कन्क्लेभलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले डिजिटल प्रविधिमा मधेश प्रदेशले ठुलो सम्भावना बोकेको बताउँदै यसका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभयो ।
यस्तै मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले डिजिटल मधेशलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमल प्रसाद बरालले डिजिटल मधेशलाई योजनाबद्ध ढङ्गबाट अगाडि बढाउन कन्क्लेभले दिशानिर्देश गर्ने बताउनुभयो ।
आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल नेपालको अभियानमा फाउन्डेसनले एउटा इट्टा थप्ने काम गरिरहेको बताउँदै डिजिटल मधेश कन्क्लेभले पनि डिजिटल मधेशका लागि आवश्यक नीति तथा कार्यक्रम र बजेटमा तयार गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।
असोसियोका उपाध्यक्ष तथा क्यान महासङ्घका पूर्व अध्यक्ष नवराज कुँवरले नेपालमा राम्रा राम्रा नीति तथा कानुन भए पनि कार्यान्वयन फितलो हुँदा आईटीमा सोचे अनुरूप विकास हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै क्यान महासङ्घ मधेश प्रदेशका अध्यक्ष गणेश शर्माले मधेशको डिजिटलाइजेसनका लागि आवश्यक बजेट छुट्टाउन प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ ।
कन्क्लेभको विभिन्न सेसनमा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. शोहन प्रसाद साह, आइसिटी विज्ञ विवेक राणा, वर्ल्डलिंकका सिनियर म्यानेजर आशिष सिग्देल, बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटा, नेपाल टेलिकम मधेश प्रदेशका डेपुटी म्यानेजर महेश ढुङ्गाना, नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका निमित्त प्रमुख सुनिल कुमार साह, एनसेल मधेश प्रदेशका म्यानेजर विवेक केसी, वर्ल्डलिंकका रिजनल म्यानेजर सतिश राज भण्डारी, दूरसञ्चार एण्ड साइबर सुरक्षा विज्ञ विशालमणी उपाध्याय, काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झा प्रस्तुत कर्ता तथा वक्ताको रूपमा रहेका थिए ।
यसै गरी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामशरण महत्तो, गौशाला नगरपालिकाका मेयर डा. दीपेन्द्र महत्तो, मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्र, एनवाईईएफ जनकपुरका अध्यक्ष डा. सोनु कुमार, जनज्योति बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख शिवहरि नेपाल, खल्तीका सह संस्थापक अरविन्द साह, कनेक्ट किसानका सिइओ राजन दाहाल, मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल, ई-गभर्नेन्स बोर्डका सह-सचिव अनिल दत्त, गाउँपालिका राष्ट्रिय महासङ्घ मधेश प्रदेशका उपाध्यक्ष ममता महत्तो पनि विभिन्न सेसनमा प्रस्तुत कर्ता तथा वक्ताको रूपमा रहेका थिए ।
आइसिटी फाउन्डेसन नेपालले मधेश प्रदेश सरकारसँगको सहकार्यमा यो कन्क्लेभ आयोजना गरेको हो । यसअघि कर्णाली प्रदेश सरकारसँगको सहकार्यमा पनि गत वैशाख ९ र १० गते सुर्खेतमा २ दिने डिजिटल कर्णाली कन्क्लेभको आयोजना गरिएको थियो । प्रादेशिक कन्क्लेभको रूपमा आयोजना भइरहेको यस कार्यक्रम प्रदेश सरकारहरूको प्रत्यक्ष आयोजकको रूपमा सहभागिता हुँदै आएको छ ।
 
डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न, डिजिटल मधेशको आगामी रणनीति बनाउन सहयोगी हुने
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    