अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताउनुभएको छ । मध्यपुरठिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उहाँले ऋण लिएर जथाभाबी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न नपाउने बताउनुभयो ।
मन्त्री डा. महतले भन्नुभयो, “सबैभन्दा ठुलो रकम ऋण लिने र तिर्दिन भन्ने ? अनि त्यसैलाई भजाएर हिँड्ने, ऋण लिएर १० ठाउँमा जथाभाबी लगानी गर्ने अनि ऋण तिर्दिन भन्नेलाई कुनै छुट छैन, तर ऋण लिएर काम गर्दा पनि नोक्सानमा परेर उठ्न नसकेका अप्ठ्यारोमा परेकाको हकमा भने राज्यले हेर्छ ।”
अहिलेकै व्यवस्थामा देश र जनताका लागि धेरै काम गरेको र अझै गर्न सकिन्छ भन्दै उहाँले जनताको अपेक्षाअनुसार केही काम हुन नसके पनि आगामी दिनमा यही व्यवस्थाले देशको आमूल परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा सूचना र प्रविधि, जलविद्युत् तथा पर्यटन क्षेत्रका विकासबाटै आर्थिक विकास गर्न सकिने चर्चा गर्दै मन्त्री डा महतले यही देशमा युवाका लागि धेरै अवसर भएकाले त्यसलाई सूक्ष्म रूपमा खोज्न आग्रह गर्नुभयो । जनताको बलिदानबाट प्राप्त गणतन्त्रात्मक व्यवस्था कसैले खोस्न नसक्ने भन्दै नकारात्मक भावना फैल्याएर व्यवस्था परिवर्तनको कसैले सोच बनाएको भए त्यो पूरा नहुने बताउनुभयो ।
“विसं २०४६ अगाडिसम्म देशका आधा जनताले चप्पल पनि लाउन पाउँदैनथे, स्वतन्त्र भएर बोल्न पाउँदैनथे, देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो जनताको जीवनस्तरमा धेरै परिवर्तन आयो, जनताले बोल्न सक्ने भएका छन्”, मन्त्री डा महतले भन्नुभयो, “जनआन्दोलन र बलिदानबाट आएको अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैको छ भने त्यो सफल हुँदैन, त्यस्ता सपना नदेखे हुन्छ ।” सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने प्रयास भइरहेको बताउनुभयो ।
शङ्खधर साख्वालको योगदानको चर्चा गर्दै उहाँले अहिलेसम्मको उपलब्धिलाई आत्म सात गर्दै नेपाल संवत्लाई कामकाजमा ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गराउने उहाँको भनाइ थियो । नेपाल संवत् राष्ट्रिय संवत्को रूपमा स्थापित भएको भन्दै उहाँले मध्यपुरथिमि नगरपालिकाले ऐतिहासिक नामकरणको अभियान सुरु गरेर पहिचानलाई स्थापित गर्ने कार्यको थालनी गरेको बताउनुभयो ।
नेवारी सभ्यताबिना नेपालको पहिचान पूरा नहुने भन्दै अर्थमन्त्री डा महतले विश्वलाई यहाँको पहिचान देखाउन, संरक्षण गर्न र विकसित संस्कृतिलाई पहिचानका रूपमा अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दिलीप प्रजापति, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, नेपाली काँग्रेस मध्यपुर नगर सभापति हरिदास प्रजापति, इमेज च्यानलका अध्यक्ष आर के. मानन्धर, राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले नेपालको आफ्नै मौलिक संवत्को रूपमा रहेको नेपाल संवत् सबै नेपालीको साझा संवत् हो भन्ने सन्देश घरघरमा पुर्याएर व्यवहारमै लागू गर्ने अभियान चाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सभापति एवं मध्यपुरठिमिका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाले साख्वाःको योगदानको स्मरण गर्दै हरेक वर्ष शङ्खधर दिवस मनाउँदै आएको बताउँदै नेपाल संवत्लाई कामकाजमा लागू गर्ने सरकारको निर्णयलाई कार्यान्वयनमा ल्याउन सबै लाग्नुपर्ने बताउनुभयो ।
 
ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    