मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत् आयोजना अब पूर्ण वित्तीय व्यवस्थापनसहित निर्माणको चरणमा प्रवेश गरेको छ। एम. ए. पावर प्रा. लि. द्वारा प्रवर्द्धित यस आयोजनाको वित्तीय व्यवस्थापन कुमारी बैङ्क लिमिटेडको अगुवाइमा सम्पन्न भएको हो।
गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिकाको सीमाभित्र पर्ने मर्स्याङ्दी नदीमा निर्माण हुने उक्त आयोजना निर्माणका लागि १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँ बराबरको संयुक्त लगानीमा ऋण सम्झौता सम्पन्न भएको हो।
सम्झौतामा कुमारी बैङ्क लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्का र एम.ए. पावर प्रा. लि.का अध्यक्ष अनुप आचार्यको उपस्थिति रहेको थियो। कर्जा प्रवाहमा कुमारी बैङ्कसँगै प्रभु बैङ्क, सिद्धार्थ बैङ्क, कृषि विकास बैङ्क, सानिमा बैङ्क, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैङ्क, लुम्बिनी विकास बैङ्क तथा साङ्ग्रिला डेभलपमेन्ट बैङ्क समेत सहभागी छन्।
बैङ्कका अनुसार आयोजनामा स्वपुँजी लगानीका रूपमा अनुप आचार्य, हरिबाबु न्यौपाने, र दीपक बरालले लगानी गर्ने छन्। साथै डोल्मा इम्प्याक्ट फण्डले कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्ने जानकारी कम्पनीका अध्यक्षले दिनुभएको छ। यसै समूहद्वारा प्रवर्द्धित सेती खोला जलविद्युत् आयोजना (२२ मेगावाट) हाल अन्तिम निर्माण चरणमा पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणसँग २०८० साल कात्तिक १ गते बिजुली खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ। व्यावसायिक उत्पादन सुरु गर्ने मिति २०८६ साल वैशाख २२ तोकिएको छ।
 
९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण चरणमा
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    