तीन कम्पनीले सेबोनसँग आइपीओको अनुमति मागे, प्रतिकित्ता २१८, १०० र ५० रुपैयाँ

नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग तीन कम्पनीले आइपीओ जारी गर्न अनुमति मागेका छन्। यी कम्पनीहरूमा नुम्बुर हाइड्रोपावर, युनाइटेड मेवाखोला हाइड्रोपावर र एभरेस्ट कलर रहेका छन्।

नुम्बुर हाइड्रोपावर

नुम्बुर हाइड्रोपावरले १०० रुपैयाँको अंकित मूल्यमा ११८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१८ रुपैयाँमा आइपीओ जारी गर्ने अनुमति मागेको छ। कम्पनीले ३० लाख ६ हजार २०२ कित्ता साधारण शेयर जारी गर्दै ६५ करोड ५३ लाख रुपैयाँभन्दा बढी पुँजी संकलन गर्ने लक्ष्य राखेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धक एलएस क्यापिटल हो।

युनाइटेड मेवाखोला हाइड्रोपावर

युनाइटेड मेवाखोला हाइड्रोपावरले १०० रुपैयाँको अंकित मूल्यमा १ करोड २३ लाख कित्ता शेयर जारी गर्न अनुमति मागेको छ। यसबाट कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ संकलन गर्नेछ। यसको आइपीओ बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल हो।

एभरेस्ट कलर

एभरेस्ट कलरले भने ५० रुपैयाँको अंकित मूल्यमा ७ लाख ८० हजार कित्ता साधारण शेयर जारी गर्न सेबोनसँग अनुमति मागेको छ। कम्पनीले यसबाट ३ करोड ९० लाख रुपैयाँ पुँजी जुटाउने योजना बनाएको छ। यस आइपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x