नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताउनुभएको छ ।
मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले क्षेत्रका मुद्दाहरू सम्बोधन गरेर व्यवसायकी गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुने बताउनु भयो ।
उहाँले आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजश्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्न सक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिन सक्यो भने मात्रै सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रलाई व्यवसायी वातावरण बनाउन सरकारले विद्यमान ऐन कानुनहरूलाई परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘उद्योग वाणिज्य, भन्सार र वन लगायतका विद्यमान ऐन कानुन र नीतिहरू छन् । ती नीतिहरू जबसम्म परिमार्जन गर्न सक्दैनौ तबसम्म आर्थिक गतिविधि बढाउने र मुलुकमा लगानीको वातावरण बन्न सक्दैन । त्यसको लागि सरकारले उच्च स्तरीय आर्थिक सुधार आयोग गठन गर्नुपर्छ । त्यसले ऐनहरू पुराना ऐनहरू सुधारको लागि सुझाव दिओस् भन्ने महासङ्घले सुझाव राखेको थियो । अहिले त्यही अनुसार आयोग गठन भएको छ । निजी क्षेत्रको प्रतिनिधि राखिएको छ ।
निजी क्षेत्रको प्रविधित्वले आगामी दिनमा निजी क्षेत्रका मुद्दाहरू सम्बोधन र व्यावसायिक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुन्छ । आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजश्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्न सक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिन सक्यो भने सम्भव हुन्छ ।’
उहाँले उद्योग वाणिज्य,भन्सार,वन लगायतका विद्यमान ऐन कानुन र नीतिहरू परिमार्जन नभएसम्म आर्थिक गतिविधि बढाउने र लगानीको वातावरण बन्न नसक्ने दाबी गर्नुभयो । उहाँले सरकारले बनाएको उच्चस्तरीय आर्थिक सुधार आयोगले विद्यमान ऐनहरू सुधारको लागि सुझाव दिने बताउनु भयो ।
निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुन्छ: अध्यक्ष ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
