ज्ञानमाण्डू। एन आई सी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा आज मिति २०७८/१२/२० गते आइतबारका दिन काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएकाे छ । सो सभाले मिति २०७८/०७/१० मा सम्पन्न सञ्चालक समितिको ५१२ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा श्रीमती बिजया स्वारज्यूलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदन समेत गरेको बैंकले जनाएकाे छ ।
बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको सदस्य निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्नुहुने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ३/३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित हुनुभएको बताएकाे छ । सो बमोजिम संस्थापक शेयरधनीहरूको तर्फबाट श्री तुलसीराम अग्रवालज्यू, श्री त्रिलोक चन्द अग्रवालज्यू र श्री रामचन्द्र संघईज्यू निर्विरोध निर्वाचित हुनुभएको छ भने सर्वसाधारण शेयरधनीहरूको तर्फबाट श्री निकुञ्ज अग्रवालज्यू, श्री गणेशमान श्रेष्ठज्यू र श्री आदित्य कुमार अग्रवालज्यू निर्विरोध निर्वाचित हुनुभएको कम्पनीले जनाएकाे छ । उक्त सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय श्री राजेन्द्र प्रसाद अर्यालज्यू तथा श्री विनोद कुमार प्याकुरेलज्यूलाई वहाँहरूले बैंकको प्रगतिमा पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै वहाँहरूको सफल कार्यकालको उच्च मूल्याङ्कन गरेको बैंकले जनाएकाे छ । साधारण सभा सम्पन्न भएपश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको ५३७ औं बैंठकले सञ्चालक श्री तुलसीराम अग्रवालज्यूलाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको बैंकले जनाएकाे छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको बैंकले बताएकाे छ ।
एन आई सी एशिया बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
