नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको सहकार्यमा आन्टरप्रेनर समिट नेपाल २०२४ आयोजना हुने भएको छ । आउँदो असोज १९ गते शनिवार काठमाडौँको सोल्टी होटेलमा सम्मेलन आयोजना हुनेछ ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको सहभागिता हुने बताइएको छ । कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका उद्यमी, लगानीकर्ता र व्यावसायिक नेतृत्वकर्ता लगायत उपस्थित हुनेछन् ।
नेपालमा विदेशी लगानी र अवसरहरू सिर्जना गर्न समिट महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ । सम्मेलनमा एक्सिलेरेट भेन्चर्सका सह–संस्थापक र प्रबन्धक साझेदार लिओ लिउ, एसिया सीईओ कम्युनिटी हङकङका संस्थापक र सिईओ ग्यारी लाम, एक्सिलेरेट, हङकङका लविन हेलमानी र फिनटेक ग्लोबल बैङ्किङ सोलुसन्स बेलायतका माइकल हो लगायत अन्तर्राष्ट्रिय वक्ताको रूपमा आउँदै हुनुहुन्छ ।
साथै सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र लगानी बोर्डका सिईओ सुशील ज्ञवाली पनि सहभागी हुने अपेक्षा गरिएको आयोजकले बताएको छ।
उद्यमशीलताका बारेमा छलफल हुने कार्यक्रममा हङकङ, सिंगापुर, भारत र नेपालका प्रतिष्ठित व्यावसायिक व्यक्तित्वहरू सहभागी हुनेछ ।
यसले स्टार्टअप संस्थापक, व्यावसायिक नेतृत्वकर्ता र लगानीकर्ताहरूलाई नेटवर्किङ, रणनीति साझेदारी र सहकार्यको अवसर प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।
स्वीभ्टले गत वर्ष फिनटेक सम्मेलनको रूपमा पिएसपी सम्मेलन २०२३ आयोजना गरेको थियो । सो सम्मेलनमा इसेवा, खल्ती, फोनपे, मोरु, डिजिपे, सिजीपे, आईपे जस्ता प्रमुख फिनटेक कम्पनीहरू र नबिल बैङ्क, ग्लोबल बैङ्क, सिटिजन बैङ्क जस्ता ठुला वित्तीय संस्थाहरूले भाग लिएका थिए ।
यस पटकको उद्यमी शिखर सम्मेलन २०२४ मा नेपालको स्टार्टअप इकोसिस्टमलाई विश्वव्यापी मञ्चमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
आन्टरप्रेनर समिटमा सहभागी हुन चाहनेले https://events.khalti.com/events/ET24BUAKBVDK यो लिङ्कमा गएर आफ्नो टिकट खरिद गर्न सक्ने छन् ।
असोज १७ गते आन्टरप्रेनर समिट आयोजना हुँदै, एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
