कैलाली चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले परम्परागत हेरचाह कार्यलाई आम्दानी गर्ने स्याहार अर्थतन्त्रमा परिणत गर्न आवश्यक रहेको बताउनुभएको छ ।
कैलालीको धनगढीमा साउन ११ गते सम्पन्न निजी क्षेत्रमा केयर अर्थतन्त्रको सान्दर्भिकता विषयक तीन दिने तालिमको समापन समारोहमा ओझाले हेरचाह अर्थतन्त्रको महत्वबारे बताउनुभयो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको ‘सशक्त महिला, समृद्ध नेपाल’परियोजना र नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँ बिच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशले साउन ९ गतेदेखि सुरु भएको तालिमको आयोजना गरेको हो ।
समापन समारोहको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा लम्की चेम्बर अफ कमर्सका अध्यक्ष पदमराज चौलागाईले गर्नुभएको थियो । कैलाली चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा विशेष अतिथि हुनु हुन्थ्यो । समापन समारोहलाई सम्बोधन गर्दै ओझाले हेरचाह अर्थतन्त्र, राज्यले अक्सर बेवास्ता गर्ने महत्त्वपूर्ण आर्थिक गतिविधिमा मुख्यतया महिलाहरू समावेश हुने जानकारी दिनुभयो । उहाँले परम्परागत हेरचाह कार्यलाई प्रविधिमा आधारित, आयआर्जन गर्ने केयर अर्थतन्त्रमा परिणत गर्न निजी र सार्वजनिक क्षेत्रले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
आस्था भट्टले तीन दिने तालिमको प्रमुख प्रशिक्षकको रूपमा काम गर्नुभयो ।
सहभागी कृष्ण विष्ट महतले तालिमबाट प्राप्त ज्ञानलाई प्रयोगमा ल्याउन र हेरचाहको अर्थतन्त्रको महत्वबारे सरोकारवालाहरूबिच चेतना जगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । तीन दिनसम्म चलेको तालिममा सुदूरपश्चिमका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिसहित ३० जनाको सहभागिता रहेको थियो ।
परम्परागत हेरचाह कार्यलाई आय उत्पन्न गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्न आवश्यक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
