नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा एकमत हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । नेपाल तयारी पोसाक उद्योग सङ्घको वार्षिक साधारण सभामा अध्यक्ष ढकालले उक्त कुरा बताउनुभएको हो । अबको करिब एक महिनामा आयोजना हुने महासङ्घको ५८औ वार्षिक साधारण सभामा सबै राजनीतिक दललाई उक्त आग्रह गरिने अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
उहाँले अहिले बजारमा माग कम भएर बजार चलायमान हुन नसकेको अवस्थामा सबै पक्षको एैक्यवद्दता आवश्यक रहेको उहाँले बताउनुभयो ।
यसै गरी, निजी क्षेत्रको मनोबल बढाउन मर्यादाक्रममा निजी क्षेत्रलाई समावेश गर्न पनि उहाँले आग्रह गर्नुभयो।
गाउँ र सहरमा रकम प्रवाह गर्न पुन कर्जा सुविधा र पुँजीगत खर्च बढाउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।
आर्थिक एजेण्डामा एकमत हुन महासङ्घको आग्रह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
