पछिल्लो समय अध्ययन तथा रोजगारीको सिलसिलामा बिदेसिने प्रवृत्तिले गर्दा विदेश जाने नेपालीको सङ्ख्या बढ्दो रहेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वर्ष २०२३ मा १६ लाख ३ हजार ८३६ नेपाली नागरिक विदेश गएकोमा डिपेण्डेन्ट्मा विदेश जानेको सङ्ख्या २० हजार ६१३ रहेको छ ।
त्यस्तै, पिआर मार्फत विदेश जानेको नेपालीको सङ्ख्या ७० हजार माथि रहेको छ ।
वर्ष २०२३ मा नेपाली नागरिक सबैभन्दा धेरै रोजगारीको लागि विदेश गएका छन् । एकै वर्षमा ८ लाख ८ हजार ४१५ नेपाली रोजगारीको लागि विदेश गएका हुन् ।
त्यस्तै पर्यटन र धार्मिक भ्रमणका लागि पनि एक वर्षमा २ लाख ४ हजार माथि नेपाली विदेश गएका छन् ।
अध्ययनको लागि विदेश जानेको सङ्ख्या पनि १ लाख माथि छ । वर्ष २०२३मा अध्ययनको लागि १ लाख ८ हजार नेपाली विद्यार्थी विदेश गएका छन् ।
वर्ष २०२३ मा डिपेण्डेन्ट् मार्फत २० हजार नेपाली विदेश प्रस्थान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
