नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कद्वारा संयुक्त रूपमा प्रवर्धित द्रुत गतिमा बढी रहेको डिजिटल वालेट सेवा नमस्ते पेलाई “आइबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३” को चौथो संस्करणमा "मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट" को अवार्डले सम्मानित गरिएको छ । नमस्ते पे लाई नेपालको फिनटेक परिदृश्यमा एक रचनात्मक वालेट सेवा प्रदायक बनाउन नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको निरन्तर प्रयास र नमस्ते पे ले आफ्नो स्थापनाको दिनदेखि नै नव प्रवर्तनात्मक विद्युतीय भुक्तानीका समाधानहरू ल्याउने प्रयास गर्दै आएको छ । USSD च्यानल मार्फत रियल टाइम अफलाइन भुक्तानी समाधानको सुरुवातसँगै, ग्राहकहरूले डिजिटल लेनदेन गर्दा बिना इन्टरनेट पनि *500# डायल गरेर वालेट सेवा अफलाइनमा पहुँच गर्न सक्नेछन् जसले उपभोक्ताहरूका लागि डिजिटल वित्तमा खुला पहुँच प्रदान गरेको छ। नमस्ते पे ले "Request Money" सुविधा मार्फत P2P उधारो सेवा उपलब्ध गराएर उपभोक्ताहरूलाई प्रदान गर्ने सुविधाहरूमा नवीनताको पहलकर्ता समेत भएको छ र उपभोक्ताहरूलाई समूहको बिल भुक्तानी गर्न सजिलो बनाउन "Split Bill" जस्ता सुविधाहरू पनि ल्याएको छ।
मुम्बईमा आयोजित उक्त कार्यक्रम सन् १९९१ मा स्थापना भएको बेलायतमा रहेको कम्पनी इन्टरनेशनल बैङ्किङ सिस्टम्स इन्टेलिजेन्स (आईबीएसआई) ले आयोजना गरेको थियो। IBSi विश्वको एक उत्कृष्ट वित्तीय प्रविधि (परम्परागत र नयाँ युग) अनुसन्धान, सल्लाहकार, र मिडिया कम्पनी हो ।
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री विनय बिजुक्छेले नोभेम्बर २४,२०२३ मा भारतको मुम्बईमा भएको समारोहमा उक्त अवार्ड ग्रहण गर्नुभयो ।
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (NDPC) का प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले प्रतिष्ठित विश्वव्यापी अवार्ड प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । पोखरेलले थप्नुभयो, “यस अवार्डसँगै बैङ्क तथा डिजिटल शिक्षा हासिल गरेका मानिसहरूलाई मात्र नभई बैङ्कविहीन जनतालाई पनि वास्तविक वित्तीय समावेशीकरणमा आधुनिक सेवा प्रदान गरेर नगदरहित समाज निर्माण गर्नेतर्फ हाम्रो दायित्व बढेको महसुस गरेको छ ।”
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैङ्क र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु सो वालेट सेवाको उद्देश्य रहेको छ ।
नमस्ते पे IBSi द्वारा "मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोइमेन्ट" अवार्ड ले सम्मानित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en