साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर २०४५ दशमलव ४४ को विन्दुमा कायम भएको छ। आज कूल २७८ कम्पनीहरूका ५६ लाख ३ हजार १७९ कित्ता शेयर रु. २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. २० करोड ५५ लाख ९४ हजार ३२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको रु. १८ करोड ५ लाख ८९ हजार ६२७ बराबरको शेयर कारोबार भएको छ।
यता, सोल्टी हाेटल लिमिटेडको रु. ७ करोड ६२ लाख १५ हजार ५६३ कारोबार हुँदा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. ५ करोड ७७ लाख ७५ हजार ५६३ र एभरेष्ट बैङ्क लिमिटेडको रु. ५ करोड १८ लाख ९१ हजार ७९६ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
