
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख १६ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात विहीबार वैशाख १५ गतेका दिन, छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा किनबेच हुँदैछ ।