आइएमई र नेपाल एसबीआई बैंकबिच सम्झौता, रेमिटेन्स भुक्तानी थप सहज हुँदै

आइएमई र नेपाल एसबीआई बैंकवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा सञ्जालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुन कुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ ।

सोमबार राजधानी काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमकाबिच उक्त सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गर्नुभएको छ ।


सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, नेपाल एसबीआई बैंकका प्रबन्ध सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याललगायत दुवै संस्थाका उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x