कृषि विकास बैंकको नाफामा सामान्य वृद्धि हुँदा प्रतिशेयर आम्दानीमा भने गिरावट


ज्ञानमाण्डू। कृषि विकास बैङ्कको नाफा ५.१८ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा बैङ्कले ४६ कराेड १४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१६ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कृषि विकास बैङ्कले १ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १५ अर्ब ५८ करोड रुपैयाँ र संचित मुनाफा ३ अर्ब ६५ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २७.३ प्रतिशतले बढेर १ अर्ब ७३ करोड रुपैयाँ पुगेकाे छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ४५ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो मुनाफा २२ करोड ९६ लाख रहेको थियो।

बैंककाे निष्कृय कर्जा अनुपात २.०८ प्रतिशत र प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७० पैसा छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ २ पैसा र पछिल्लाे काराेबार मूल्य रू ५३८ काे आधारमा मूल्य आम्दानी अनुपात ३६.६ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x