धितोपत्र बजारमा ६३.०१ अंकको वृद्धि, नेप्से परिसूचक २६७९.९५ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३ दशमलव ०१ अंकले बढेर २६७९ दशमलव ९५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १५ दशमलव ८५ अंकले बढेर ५०३ दशमलव ७२ को विन्दुमा पुगेको छ ।
आज कूल २३४ कम्पनीका ९१ लाख १० हजार ७५८ कित्ता शेयर रु ४ अर्ब ३२ करोड ०२ लाख ६९ हजार ८२७ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये दुई उपसमूहको शेयर ऒरालो लागेका छन्। बैंकिङ उपसमूह ६३ दशमलव ६७ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ५६ दशमलव ०५ अङ्कले, होटल तथा पर्यटन उपसमूह ६४.०९ अङ्कले, विकास बैंक उपसमूह २३२.४१ अङ्कले, जलविद्युत उपसमूह ८७.५४ अङ्कले, वित्त उपसमूह ७९.०१ अङ्कले, निर्जीवन बीमा ४०.९७ अङ्कले, सामूहिक लगनी कोष उपसमूह ०.२६ अङ्कले, लघुवित्त उपसमूह ९१.५१ अङ्कले, जीवन बीमा १६०.५२ अङ्कले र लगानी उपसमूह २.५४ अङ्कले बढेको छ । यता, उत्पादन उपसमूह ४२ दशमलव ७१ र अन्य उपसमूह ६ दशमलव ७ अङ्कले घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x