थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोजित प्रतिनिधिमण्डलसँगै नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) का अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंककमा थाई चेम्बर अफ कमर्स तथा बोर्डका अध्यक्ष सानन अंगुबोल्कुलसहित पदाधिकारीहरूसँग भेटवार्ता गर्नुभएको छ।
शुक्रवार सम्पन्न उक्त बैठकमा महासङ्घले नेपाल र थाइल्यान्ड बिच संयुक्त वाणिज्य परिषद् गठन गर्ने प्रस्ताव राखेको छ। प्रस्तावित परिषद्ले दुई देशका निजी क्षेत्रहरूबिच निरन्तर संवाद, सहकार्य र व्यावसायिक अवसरहरू खोज्न भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
भेटवार्तामा अध्यक्ष ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक कानुनी सुधारहरू भइसकेको र सरकारले लगानी सुरक्षाको प्रत्याभूति गरेको जानकारी गराउँदै, थाई लगानीकर्तालाई थप सहजीकरणको लागि महासङ्घले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
साथै, उहाँले पर्यटन पूर्वाधार, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा नेपालमा पर्याप्त सम्भावना रहेको र थाई व्यवसायीहरूसँग संयुक्त लगानीका अवसरहरू रहेको जानकारी दिनुभएको छ।
अध्यक्ष ढकालले थाई चेम्बर र व्यापार बोर्डका प्रतिनिधिहरूलाई नेपाल भ्रमण गरी प्रत्यक्ष रूपमा सम्भावनाहरू अवलोकन गर्न पनि आमन्त्रण गर्नुभएको छ।
नेपाल–थाइल्यान्ड व्यापारिक सहकार्यको पहल : थाई चेम्बरसँग संयुक्त वाणिज्य परिषद् गठनको प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
