कामना सेवा विकास बैंककाे नँया शाखा रौतहट जिल्लाको चन्द्रपुरमा


ज्ञानमाण्डू। कामना सेवा विकास बैंक लिमिटेडले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुरमा चैत्र १२ गते  आफ्नो ७५ औ शाखा कार्यालय शुभारम्भ गरेको छ ।
बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको सक्षिप्त जानकारी गराउदै प्रदेश नं २ मा यो सँगै नौ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताएका छन् ।
व्यनपार विस्तार तिब्रता दिने उद्देश्य सहितबैंकले यसै सप्ताहन्तरमा ४ वटा शाखा सञ्चालनमा ल्याउने तथा देशका विभिन्न ठाँउहरुमा पनि थप शाखाहरु शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको कार्य भईरहेको कम्पनीले जनाएको छ ।
बैंकले देशका विभिन्न भागहरुमा ७४ वटा शाखा तथा ३० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x