नेपाल धितोपत्र बोर्डमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियममा आइपिओ निष्कासनको लागि आवेदन दिएको छ । कम्पनीले प्रति कित्ता ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता शेयर जारी गर्न आवेदन दिएको हो ।
यस प्रिमियम दरमा शेयर निष्कासनबाट कम्पनीले करिब ७४ करोड ४६ लाख १३ हजार ७५० रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ ।
शेयर निष्कासन र बिक्री प्रबन्धकको रूपमा एनएमबी क्यापिटल रहेको छ ।
हुलास फिनसर्भ हायर पर्चेजले प्रिमियममा आइपिओ निष्कासन गर्ने तयारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
