यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू


साताको चौथो कारोबार दिन नेप्से परिसूचक १० दशमलव ३० अङ्कले बढेर २६४८ दशमलव ९० को विन्दुमा कायम भएको छ । आज कूल ३३३ कम्पनीहरूका १ करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर रु. ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार ०८० मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. २८ करोड ६९ लाख १९ हजार २७५ बराबरको शेयर कारोबार भयो । त्यस्तै, ङादी ग्रुप पावर लिमिटेडको रु. २५ करोड ४७ लाख १६ हजार ४१६ बराबरको शेयर कारोबार भएको छ ।

यता, एसवाई प्यानल नेपाल लिमिटेडको रु. २३ करोड ४७ लाख १३ हजार ६८२, रिडी पावर कम्पनी लिमिटेडको रु. १४ करोड ८० लाख ११ हजार ७०१ र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको रु. १० करोड ४२ लाख १० हजार ५२६ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x