
रिज लाइन इनर्जी लिमिटेडको आइपिओ आज बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले काठमाडौँ स्थित होटेल मार्कोपोलोमा उक्त शेयर बाँडफाँट गरेको छ ।
कम्पनीले माघ २८ गते देखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर निष्कासन गरेको थियो । उक्त सम्पूर्ण शेयर सर्वसाधारणमा नै बाँडफाँट गरिएको छ ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीको आइपिओमा २७ लाख २३ हजार ९१४ लगानीकर्ताले आवेदन दिएका थिए जसमध्ये १ लाख ८६ हजार ६१३ आवेदन रद्द भएका छन् भने बाँकी २५ लाख ३७ हजार ३०१ आवेदन स्वीकृत भएका छन् । माग भन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्कासनको बाँडफाँड गोला प्रथाबाट गरिएको छ। कुल २५ लाख ३७ हजार ३०१ योग्य आवेदक मध्ये २४ लाख १९ हजार २७५ जना आवेदकको हात खाली भएको छ ।
स्वीकृत आवेदन मध्ये १ लाख १८ हजार २६ जना आवेदकलाई १० कित्ताका दरले ११ लाख ८० हजार २६० कित्ता शेयर बाँडफाँट गरिएको छ ।
आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेबसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेबसाइटबाट हेर्न सकिनेछ ।
रिज लाइन इनर्जीको आइपिओ बाँडफाँड, २४ लाख बढी आवेदकको हात खाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
