ज्ञानमाण्डू। बाग्लुङ्ग उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक लगानी बहसमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा आइएमई समुहका अध्यक्ष चन्दप्रसाद्र ढकालले बागलुङ आफ्नै गृह जिल्ला भएकाले बागलुङमा लगानी भित्र्याउन आफू सधैँ तत्पर रहेको र पर्यटनको क्षेत्रमा सम्भावनाको खोजी गरि लगानी गर्ने योजना बनाइरहेको जानकारी दिएका छन् ।
नेपाली परम्परागत मौलिकता र परिवेशको मिश्रण सहित अन्य आयामी पक्षहरूको अनुभव गराउने केबलकार सहितको चन्द्रागिरी हिल्स र चन्द्रागिरी रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याउन सफल ढकालले केबलकार सहितको चारतारे होटल बागलुङमा राम्रो चल्ने विश्वास व्यक्त गर्दै पञ्चकोट तथा भैरवस्थानमा केबलकार सञ्चालनका लागि आफूले अध्ययन गरिरहेको कुरा समेत बताएका छन् ।
बहसमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री, उद्यमी शेखर गोल्छा, चन्द्रप्रसाद ढकाल, मीनबहादुर गुरुङ, बागलुङका उद्यमी तथा व्यपारीहरु लगाएतको उपस्थिति रहेको थियो ।

बहसमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री, उद्यमी शेखर गोल्छा, चन्द्रप्रसाद ढकाल, मीनबहादुर गुरुङ, बागलुङका उद्यमी तथा व्यपारीहरु लगाएतको उपस्थिति रहेको थियो ।