साना किसान लघुवित्तको नाफामा ५.२० प्रतिशत सुधार

ज्ञानमाण्डू।साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तको समग्र वित्तीय विवरणका परिसूचकहरू मूल्यांकन गर्दा लघुवित्तको प्रमुख वित्तीय सूचकहरुमा सामान्य सुधार आएको देख्न सकिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ करोड ७३ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३० करोड १७ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ५६ लाख ९१ हजार रुपैयाँ अर्थात ५ दशमलव २० प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको हो।

आ.व. २०७७/७८ को दोस्रो त्रैमाससम्ममा लघुवित्तको सापटी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले घटेर १८ अर्ब ४६ करोड रुपैयाँमा सीमति भएको छ भने कर्जा लगानी ० दशमलव ४० प्रतिशत घटेर २१ अर्ब ७ करोड रुपैयाँमा सीमति भएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२ दशमलव ३९ प्रतिशत बढेर ६० करोड ५६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा ४४ करोड ५९ लाख रुपैयाँबाट बढेर ४६ करोड १० लाख रुपैयाँ पुगेको छ।

१ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको जगेडा कोषमा २ अर्ब ८३ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको चुक्ता पूँजी १ अर्ब हुँदा जगेडा कोषमा १ अर्ब ७२ करोड रुपैयाँ सञ्चित थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव १४ प्रतिशत वृद्धि हो।

कर्जा लगानी घटेपनि लघुवित्तको निष्क्रिय कर्जा भने समीक्ष अवधिसम्ममा ० दशमलव ६६ प्रतिशतबाट बढेर ० दशमलव ९७ प्रतिशत पुगेको छ।

आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्म आइपुग्दा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५० रुपैयाँ ७८ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१ दशमलव ५१ गुणा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x