
ज्ञानमाण्डू। ‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा १० % वा बढीमा २०० रुपैयाँ सम्मको क्यास ब्याक पाउने भएका छन्। सेवाग्राहीहरू यो स्किम २०७८ माघ ६ गते देखि २०७८ फाल्गुन १६ गते सम्म लागु हुने छ भने यो सेवा एकै दिनमा बढीमा पाँच पटक सम्म अनि यो अफर अवधि भरी ३० पटक सम्म प्रयोग गर्न पाइने कम्पनीले जनाएको छ। यो क्यास ब्याक खल्ती, आइएमई पे, प्रभु पे, क्यु पे, ग्लोबल आईएमई स्मार्ट प्लस बाट खल्तीको QR Code स्क्यान गरी भुक्तानी गर्दा मात्र प्राप्त गर्न सकिने बिजबजारले जनाएको छ।