सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?



नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार श्रावण ९ गते, बुधवारका दिन छापावाला सुनको मूल्य तोलाको १ लाख ४७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात् मङ्गलवार श्रावण ८ गतेका दिन, छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा किनबेच हुँदै छ । अघिल्लो कारोबारी दिन मङ्गलवार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x