बङ्गलादेशमा नेपालको पर्यटन प्रवर्द्धन

बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने उद्देश्यले त्यहाँ नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि बङ्गलादेश गएको होटेल सङ्घ नेपालको प्रतिनिधिमण्डलले त्यहाँका एक सयभन्दा बढी ट्राभल, टुर पर्यटन व्यवसायीसँग बीटूबी मिटिङका साथै छिमेकको उपयुक्त पर्यटकीय गन्तव्यको रूपमा नेपालको प्रचारप्रसार गरेका हुन् । सङ्घका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको १८ सदस्यीय उक्त प्रतिनिधिमण्डल बङ्गलादेशमा नेपाल प्रवर्द्धन गरी स्वदेश फर्किएको हो ।

होटेल सङ्घ नेपाल, नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बङ्गलादेशको संयुक्त आयोजनामा यही असार २० देखि २३ सम्म बङ्गलादेशको राजधानी ढाकामा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम तथा बीटुबी कार्यक्रम आयोजना भएको थियो ।

पछिल्लो समय बङ्गलादेशबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढिरहेको छ । भारत, तीन र अमेरिकापछि बङ्गलादेश नेपालको चौथो प्रमुख पर्यटनको स्रोत बजार हो । बङ्गलादेशबाट वार्षिक ३७ हजार हाराहारी पर्यटक नेपाल आउने गरेको व्यवसायीको भनाइ छ ।

सङ्घका अध्यक्ष विनायक शाहले बङ्गलादेशी पर्यटकहरू बिदा मनाउनका साथै कर्पोरेट गतिविधि, माइस टुरिजम, डेस्टिनेसन वेडिङ, हनिमुन टुरको माग बढ्दै गएको हुँदा खास गरी यी विषयमा जानकारी तथा प्याकेज सार्वजनिक गर्न सो कार्यक्रम फलदायी रहेको बताउनुभयो ।

उहाँले कोरोना महामारीपछि मुलुकमा एकपछि अर्को तारे होटेल थपिएका तथा केबलकारलगायत पूर्वाधार विस्तार भइरहेको सन्दर्भमा बढी भन्दा बढी बङ्गाली पर्यटक नेपाल ल्याउन कार्यक्रम उपयोगी भएको बताउनुभयो । दुई देशबिच पर्यटन विकासका लागि गर्नुपर्ने प्रमुख कार्यलाई निरन्तर रूपमा सहकार्य गर्ने उद्देश्यले सोही कार्यक्रममा होटेल सङ्घ नेपालले बङ्गलादेशका पर्यटन विकाससँग सम्बन्धित छुट्टाछुट्टै पाँच छाता सङ्गठनहरूबिच समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

दुई मुलुकका संस्थाबिच भएको सम्झौताले संयुक्त पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने सङ्घका अध्यक्ष शाहको भनाइ छ । उहाँले पर्यटन प्रवर्द्धनमा आउँदा दिनमा दुवै संस्थाले योजनाबद्ध कार्यक्रम लैजाने भन्दै त्यसका निम्ति हवाई सम्पर्क सञ्चारलाई प्रभावकारी र सहुलियत बनाएर जान सकेको खण्डमा पर्यटक आगमन बढ्ने धारणा राख्नुभयो ।

त्यस क्रममा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले दुई छिमेकी मुलुकबिच पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना भएको सो कार्यक्रम फलदायी रहेको बताउनुभएको थियो ।

बोर्डका निर्देशक लक्ष्मण गौतमले उपयुक्त पर्यटन गन्तव्यका रूपमा बङ्गलादेशीहरूलाई नेपालमा रहेको आकर्षण तथा पर्यटकीय गतिविधिबारे सचित्र विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो । सोही कार्यक्रममा बङ्गलादेशी पर्यटन व्यवसायी तथा सरकारका तर्फबाट बङ्गलादेश पर्यटन बोर्डका उपनिर्देशक साइफुल हसनले नेपालमा भएको पर्यटन विकासबाट अभिप्रेरित रही आपसी सहकार्य बढाउँदै जाने बताउनुभयो । त्यस अवसरमा बङ्गलादेशका सगरमाथा आरोही निशात मजुमदार र बबर अलिलाई अभिनन्दन गरिनुका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x