नेपालगन्जमा यस वर्षकै बढी गर्मी

नेपालगन्जमा आज यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, नेपालगन्जकी इञ्जार्च मिना सिवाकोटीले नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव आठ रेकर्ड भएको जानकारी दिनुभयो । उक्त तापक्रम यो वर्ष गर्मी सुरु भएताकै सबैभन्दा बढी भएको उहाँले बताउनुभयो ।

“केही दिन अझै तापक्रम बढ्न सक्छ तर कति बढ्छ भन्न सकिँदैन”, उहाँले भन्नुभयो । जल तथा मौसम विभागले जेठ १८ गतेसम्म गर्मी बढ्ने अनुमान गरेकाले बिहीबार र शुक्रवार तापक्रम झनै वृद्धि हुने पूर्वानुमान छ । गर्मी बढ्न सक्ने भएकाले सचेत रहन सर्वसाधारणलाई विभागले आग्रह गरेको छ । गर्मीका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् ।

वीरगन्जबाट कामको सिलसिलामा नेपालगन्ज आउनुभएका सरोज पटेलले वीरगन्जभन्दा नेपालगन्जमा धेरै गर्मी महसुस गरेको बताउनुभयो । “ठोस पदार्थ खान मन लाग्दैन, मुख पनि सुक्खा हुन्छ पानी खाँदै हिँडिरहेको छु”, उहाँले भन्नुभयो ।

अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्सा चालक प्रभावित भएका छन् । चिकित्सकले गर्मीबाट जोगिन बढी पानी पिउन र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । भेरी अस्पताल नेपालगन्जका चिकित्सक डा सङ्केत रिसालले केही दिनयता अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी छालाका बिरामी आउने गरेको बताउनुभयो । त्यसबाहेक झाडापखाला, ज्वरो र ‘लु’ का कारण आँखामा सङ्क्रमण भएका बिरामी पनि अस्पतालमा भर्ना भएको उहाँले बताउनुभयो । “ज्वरोका बिरामीको रिपोर्ट सामान्य नै छ तर अस्पताल भरिभराउ छ”, उहाँले भन्नुभयो ।

गर्मीमा विद्युत् नियमित नहुँदा नागरिकले ठुलो सास्ती खेप्न बाध्य भएका छन् । “विद्युत् सहज नहुँदा झन् अप्ठ्यारो भएको छ”, स्थानीय आरती गौतमले भन्नुभयो ।

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले गत साता आएको हुरीले दुई सय बढी खम्बा ढलेपछि समस्या भएको बताउनुभयो । हावाहुरीले ठुलो क्षति पुगेपछि विद्युत् वितरणमा समस्या भएको र केही दिनमा समस्या समाधान हुने लामिछानेको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x