ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको "हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत मधेस प्रदेश, बागमती प्रदेश , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रहरूलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ। बैंकले फेटा स्वास्थ्य चौकी-बारा, खैरहनी नगर अस्पताल-चितवन, बघौडा अस्पताल-चितवन, हर्नैया स्वास्थ्य चौकी-रुपन्देही, सिसहनिया स्वास्थ्य चौकी-दाङ र दोधारा प्राथमिक स्वास्थ्य केन्द्र-कञ्चनपुरलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो।
अस्पतालहरूमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरू बाट उक्त अस्पतालहरूका पदाधिकारीहरू लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरेको हो। साथै सोही कार्यक्रमका बिच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गराएको साे बैंकले बताएकाे छ ।
बैंकले "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत “न्यानो नानी” परियोजना- ३ अन्तर्गत हालसालै प्रदेश नं. १ का ३ अस्पतालहरू बाक्सिला स्वास्थ्य चौकी - खोटाङ, ओखलढुङ्गा सामुदायिक अस्पताल र जिल्ला अस्पताल - इलामलाई एक-एक थान बेबी वार्मर प्रदान गरी ३ वटा बेबी वार्मर प्रदान गरेको जनाएकाे छ। ज्योति विकास बैंकले डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा हालसम्म देशका ३२ विभिन्न अस्पतालहरूलाई बेबी वार्मर प्रदान गरेको जानकारी दिएकाे छ।
ज्योति विकास बैंकले हाल १२० वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७३ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउँदै आएकाे छ।
ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरूलाई बेबी वार्मर प्रदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
