कार्तिक ४ गते देखि कार्तिक ११ गते सम्म वाणिज्य बैङ्कहरूको निक्षेप १७ अर्बले घटेकाे छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार कार्तिक ११ गते सम्म वाणिज्य बैङ्कहरूकाे निक्षेप ४५ खर्ब २४ अर्ब पुगेको थियो भने सोही अवधिमा वाणिज्य बैङ्कहरूले ४२ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेका थिए। समीक्षा अवधिमा कर्जा प्रवाह यथावत नै रहेकाे थियाे भने औसतमा कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ८७.५८  प्रतिशत रहेकाे थियो।
त्यस्तै असाेज मसान्त र कार्तिक ११ गतेकाे तुलनामा वाणिज्य बैङ्कहरूकाे निक्षेपमा २३ अर्बकाे गिरावट भएको थियाे भने साेही अवधिसम्म कर्जा प्रवाहमा ५ अर्बकाे वृद्धि भएकाे थियाे। असाेज मसान्तसम्म वाणिज्य बैङ्कहरूको निक्षेप ४५ खर्ब ४७ अर्ब पुगेकाे थियाे भने कर्जा रकम ४२ खर्ब २० अर्ब थियो ।
कार्तिक ११ गते वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४४ खर्ब ७ अर्ब (स्वदेशी मुद्रा) र १ खर्ब १७ अर्ब (विदेशी मुद्रा) रहेकाे थियाे भने ४१ खर्ब ९५ अर्ब (स्वदेशी मुद्रा) र ३१ अर्ब (विदेशी मुद्रा) मा कर्जा प्रवाह भएको थियो।
 
वाणिज्य बैङ्कहरूको निक्षेपमा १७ अर्बको गिरावट, सिडी रेसियो ८७.५८ प्रतिशत
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            100.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    