ज्ञानमाण्डू।नेशनल बैंकिङ ईन्स्टिच्यूट(एनबीआई) र ज्योति विकास बैंकबीच कर्मचारीहरुलाई विद्युतीय परीक्षा दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रामहरी आचार्य र एनबीआईका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक हरेन्द्रजंग थापाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पछि एनबीआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकमा कार्यरत ६ सय जना कर्मचारीहरुको लागि अनलाइन परीक्षा लिनेछ ।सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्न र बैंकिङ ज्ञान बढाउन मद्धत पुग्ने बैंकले जनाएको छ ।