ज्ञानमाण्डू।इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत शनिवार राति भएको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले इटालियन क्लब युभेन्ट्सलाई हराएको छ । स्विडेनस्थित फ्रेन्डस् एरिना सोल्नामा भएको खेलमा एट्लेटिकोले युभेन्टसलाई २–१ ले पराजित गरेको हो । एट्लेटिकोलाई जित दिलाउन जोओ फेलिक्सले दुई गोल गरे भ्नए यता जवाफी गोल फर्क्याउन असफल रहेको युभेन्ट्सका लागि भने सामी खेडिराले एक गोल गरे ।
थोमस लेमारको गोलमार्फत खेलको २४ औँ मिनेटमा एट्लेटिकोले अग्रता लिन सफल रह्यो । युभेन्ट्सका लागि मात्र पाँच मिनेटको अन्तराल पश्चात् खेडिराले २९ औँ मिनेटमा जवाफी गोल फर्क्याउन सफल रहे । तर, खेलको ३३ औँ मिनेटमा फेलिक्सले एट्लेटिकोका लागि खेलको दोस्रो गोल गर्दै २-१ को दोब्बर अग्रता दिलाए ।
युभेन्ट्सले दोस्रो हाफको अन्तराल सम्म पनि थप गोल निकाल्न नसक्दा,एट्लेटिको २–१ ले विजयी हुन सफल भयो । जितसँगै एट्लेटिकोले ६ खेलमा ६ जित निकाल्दै प्रि-सिजन टुर सकाएको छ ।