ज्ञानमाण्डू।मेगा बैंक नेपाल लिमिटेड र आइडिया स्टूडियो नेपालबीच नयाँ सोचका साथ व्यवसाय गर्न चाहने युवा तथा महिला उद्यमीहरुको प्रबर्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
युवाहरुमा रहेको व्यावसायिक सोचलाई उद्यमशिलतासँग जोडेर उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले मेगा बैंक र आइडिया स्टूडियोबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
![](https://i0.wp.com/www.nayapage.com/wp-content/uploads/2019/09/Mega-Idea-Studio-Agreement_BC7ysgrHQl.jpg?fit=840%2C526&ssl=1)
सम्झौता पत्रमा मेगा बैंकका सिइओ अनुपमा खुञ्जेली र आइडिया स्टूडियो नेपालका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गरेका छन् । यस सम्झौताले व्यवसाय गरिरहेका तथा नयाँ सोचका साथ व्यवसाय गर्न इच्छुक युवा एवं महिला उद्यमीहरु लाभान्वित हुने विश्वास गरिएको छ ।
यसका साथै साना मझौला व्यवसाय गरिरहेका तथा गर्न इच्छुक महिला उद्यमीहरुको व्यवसाय प्रबर्धन गर्न मेगा बैंकले सहुलियत कर्जामा बैंकिङ सुविधा प्रदान गर्ने भएको छ ।
बैंकको नीति अनुसार धितो वा धितो बिना पनि कर्जा प्रवाह गरिने सम्झौता पत्रमा उल्लेख छ । यसैगरी, आइडिया स्टूडियो नेपालले नयाँ सोच भएका युवा तथा महिलाहरुलाई बैंकिङ पहुँच पुर्याउन मद्दत गर्नेछ ।