ज्ञानमाण्डू।।सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनीबीच मनी ट्रान्सफर सम्बन्धी सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत सुभाष बहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनाल जंग कार्कीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात् सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।