ज्ञानमाण्डू। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालका लागि आयशा शाक्यले तेक्वान्दोको पुम्सेमा स्वर्ण जितेकी छिन् ।आयशाले २९ वर्ष माथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ ७.९४० स्कोर बनाउँदै स्वर्ण जितेकी हुन् ।
दुई सन्तानकी आमा आयशा शाक्य कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टकी श्रीमती हुन् ।उनले सन् २०११ को सागकी स्वर्ण पदक विजेता आयशाले यस पटक पुम्सेमा प्रतिनिधित्व गरेकी थिइन् । उनले २००६ को एसियाली खेलकुदमा पनि कांस्य पदक जितेकी थिइन् ।