पूर्ण सरसफाइ अभियान शुरु

ज्ञानमाण्डू।बिर्तामोड नगरपालिकासहित गौरीगञ्ज र कमल गाउँपालिकाका १४ वडामा ‘नमुना पूर्ण सरसफाइ अभियान’ शुरुआत गरिएको छ । अभियानअन्तर्गत ती वडालाई पूर्ण सरसफाइ उन्मुख बनाइने भएको छ । सन् २०३० सम्ममा देशलाई नै पूर्ण सरसफाइ उन्मुख बनाउने सरकारी लक्ष्यअनुसार तीन स्थानीय ती वडाका १५ बस्तीमा नमुनाका रूपमा पूर्ण सरसफाइ अभियानको काम शुरुआत गरिएको विराट सामुदायिक अध्ययन केन्द्रका पूर्ण सरसफाइ अभियान संयोजक सोम आचार्यले जानकारी दिए ।

नमुनाका रूपमा बिर्तामोड नगरपालिकाका छ वडा, गौरीगञ्ज र कमल गाउँपालिकाका चार चार वडासहित १४ वडाका १५ वटा टोलमा नमुना कार्यक्रम सुरु भएको उनले बताए । नमुनाका ती बस्तीमा कम्तीमा सरदर ४५ देखि ६५ घरधुरी समेटिएका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा बस्तीलाई पूर्ण सरसफाइ उन्मुख बनाउने प्रतिबद्धतासहित कार्यक्रम सुरु गरिएको छ । 

कार्यक्रमअन्तर्गत बिर्तामोड–३ को आफन्त टोल, वडा नंं ६ को बेलगाछी, ७ को रेखा टोल, वडा नं ८ को हर्चना, वडा नंं–९ को कोलाटोली-सतालसिंवारी र वडा नंं १० को मधु पोखरी टोल समेटिएका छन् । त्यस्तै कमल गाउँपालिकाको ढ्याङ्ग्री टोलमा भने १०५ घर रहेको बताइएको छ । यी सबै टोलले असार मसान्तसम्ममा बस्तीलाई पूर्ण सरसफाइ उन्मुख बनाइने जनाइएको छ । 

वडामा वडालाई पूर्ण सरसफाइका लागि लाग्ने समय र सञ्चालन गर्नुपर्ने आवश्यक कार्य योजना निर्माण गर्न पूर्ण सरसफाइ कार्यक्रमको अगुवाइ गर्ने संस्था र स्थानीय तहले कार्य योजना तयार गरिरहेको संयोजक आचार्यले बताए । झापाका १५ समुदाय र १५ वटा विद्यालय समेटिएको छ । विभिन्न स्थानीय तहका १६ वडामा २० समुदाय र २० विद्यालयमा अभियानका रूपमा उक्त कार्यक्रम सुरु गरिएको छ । प्रदेश नं १ का ३ जिल्लामा नमुना परियोजनाका रूपमा कार्यक्रम सुरु भएको अभियानका प्रदेश संयोजक विनोद शर्माले जानकारी दिए । मोरङ र सुनसरीमा पनि उक्त अभियानलाई नमुनाका रूपमा सुरु गरिएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

info.nt@ntc.net.np
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

info@ncell.axiata.com
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x