
ज्ञानमाण्डू। नबिल बैंकको नाफा ६.२० प्रतिशतले घटेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले २ अर्ब १७ करोड ६८ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो भने अहिले २ अर्ब ४ करोड १८ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१० अर्ब ९ करोड ७४ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकले १ खर्ब ६४ अर्ब ३२ करोड ४५ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ३९ करोड ४५ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ११ अर्ब ६७ करोड ६ लाख १८ हजार रुपैयाँ र संचित मुनाफा २ अर्ब १३ कराेड ४ लाख ४३ हजार रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४.४२ प्रतिशतले घटेर ३ अर्ब ४५ करोड १६ लाख ८६ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.७५ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ४४ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३६ रुपैयाँ ६८ पैसा छ र मूल्य आम्दानी अनुपात १८.०५ गुणा छ ।
As on 29th Poush 2076 BS
विवरण  |   दोस्रो त्रैमास २०७६       (रू हजारमा)  |  
चुक्ता पुँजी  |   रू १०,०९,७४,९७  |  
निक्षेप संकलन  |   रू १,६४,३२,४५,३२  |  
कर्जा लगानी  |   रू १,४१,३९,४५,२३  |  
खुद ब्याज आम्दानी  |   रू ३,४५,१६,८६  |  
नाफा/(नाेक्सान)  |   रू २,०४,१८,६१  |  
जगेडा कोष  |   रू ११,६७,०६,१८  |  
संचित मुनाफा  |   रू २,१३,०४,४३  |  
निष्कृय कर्जा    |   ०.७५%  |  
प्रतिशेयर आम्दानी  |   ४० रुपैयाँ ४४ पैसा  |  
प्रतिशेयर नेटवर्थ  |   २३६ रुपैयाँ ६८ पैसा  |  
आम्दानी अनुपात  | १८.०५ गुणा  |  
        
            
    
    