SEE २०७८/७९ को नतिजा SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग साझेदारी


 
ज्ञानमाण्डू। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले SEE विद्यार्थीहरुलाई SEE २०७८/७९ को नतिजा हेर्नको लागि SMS सेवा उपलब्ध गराउन Sparrow SMS सँग सम्झौता गरेको छ । SEE विद्यार्थीले SMS मार्फत SEE को नतिजा हेर्न सक्नेछन् ।

Sparrow SMS आधिकारिक SMS सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष SEE को नतिजा प्रकाशित गर्दै आएको छ। यो साझेदारीसँगै अब नेपालभरका SEE विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा SMS मार्फत आफ्नो SEE नतिजा हेर्न सक्नेछन्। विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ, Sparrow SMS ले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्द गराउदै अएकाे कम्पनीले बताएकाे छ। विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएकाे कम्पनीले जनाएकाे छ।

जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) का मुख्य कार्यकारी अधिकारी, मनोज थापा भन्छन्,
“केहि सेकेन्ड भित्र आफ्नो मिहिनेतको नतिजा थाहा पाउनु जो कोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो।
Sparrow SMS लाखौं विद्यार्थीहरूसँग आफ्नो सेवा मार्फत् यी भावनाहरू साझा गर्न सक्षम भएकोमा गर्व गर्दछ।"

SEE (SLC) को नतिजा २०७८/२०७९ एसएमएस मार्फत कसरी हेर्ने ?

तपाईको SEE (SLC) को नतिजा २०७८/२०७९ को SMS मार्फत हेर्नको लागि निम्न चरणहरू पालना गर्नुहोस्स् :  

  1. आफ्नो मोबाइलको SMS बाकसमा जानुहोस् 
  2.  नयाँ SMS लेख्नुहोस् 
  3.  आफ्नो Symbol िनम्बर टाईप गरेर एउटा Space दिनुहोस्   
  4. 35001 मा SMS पठाउनुहोस्


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

info.nt@ntc.net.np
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

info@ncell.axiata.com
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x