ज्ञानमाण्डू। प्राइम कमर्सियल बैंकले आज नयाँ व्याजदर प्रकाशन गरि नयाँ ब्याजदर आजदेखि नै लागु गरेको छ ।
बैंकले प्रकाशन गरेको ब्याजदर अनुसार न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ दशमलव २५ प्रतिशतसम्म रहेको छ । बैंकले न्यूनतम ३ महिना देखि ६ महिनासम्मका लागि ५ प्रतिशत र अधिकतममा २ बर्ष भन्दा माथिका लागि ७ दशमलव २५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ ।
