ज्ञानमाण्डू। राष्ट्रिय बाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पी.एस.पी.मार्फत संकलन गर्नको लागि हालै एन.सि.एच.एल, राष्ट्रिय बाणिज्य बैंक र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
![](https://1.bp.blogspot.com/-MFFq2901AAQ/YA1LTCJUS7I/AAAAAAAALlI/sLWzWODcScY2FbmBfyEKCoxkAEnZq_4fwCNcBGAsYHQ/s16000/Photo%2B.jpg)
नेपाल सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पी.एस.पी. मार्फत संकलन गर्नको लागि सम्झौता गरिएको तथा उक्त त्रिपक्षीय सम्झौता पश्चात सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।
आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो त्रिपक्षीय सम्झौताले आम सेवाग्राहीहरुलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने विचार ब्यक्त गर्नु भएको कम्पनीले जनाएको छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले आइएमई पेको तर्फबाट सरकारको डिजिटल अभियान कार्यान्वयनमा ऐक्यबद्धता जनाउँदै विद्युतीय भुक्तानी सेवालाई आम जनमानसको पहुँचसम्म पुर्याउन र सरकारी कर तथा राजश्व भुक्तानी लगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध रहेको विचार व्यक्त गर्नुभएको व्यहोरा कम्पनीलेयस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।