ज्ञानमाण्डू।साताको दोस्रो करोबारी दिन धितोपत्र बजार मापक नेप्से परिसूचक र कारोबार रकम दुबैमा सकारात्मक उछाल आएको छ। नेप्से १६ दशमलव ०४ अंकले बढेर २४४० दशमलव ८७ को विन्दुमा कायम भएको छ । निकै उच्च विन्दुमा पुगेको नेप्से परिसूचक सोमबार शुन्य दशमलव ६६ प्रतिशत बढेर २४४० दशमलव ८७ विन्दुमा पुगेको हो । बैंकिङ्, ट्रेडिङ, निर्जिवन बीमा, अन्य र म्युचुअल फन्ड बाहेक आज अरु क्षेत्रका उपसूचक सबै ओरालो लगेको देख्न सकिन्छ ।
![](https://1.bp.blogspot.com/-yFyXJJDNUvo/YA6WIkeq4TI/AAAAAAAALmc/etPLob-8UTkaCCZn2XcWYHXPZB4R2QYhACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-01-25%2Bat%2B15.42.39.png)
आज कूल २ सय ८ सय वटा कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ६० करोड ३७ लाख ४० हजार ७१९ मा खरिद बिक्री भयो । त्यस्तै, नबिल बैंकको शेयर रु ३३ करोड १७ लाख ३ हजार ५७९ बराबरको कारोबार भएको छ।
![](https://1.bp.blogspot.com/-z1CumxYmYoc/YA6WSwxOy4I/AAAAAAAALmg/akJFyg42PM8tS0n4O2ecWQ7munj978EsQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-01-25%2Bat%2B15.43.23.png)
यता, नारायणी डेभलपमेन्ट बैंकको ३१ करोडमाथिको शेयर कारोबार भएको छ । ए्नआईसी एशिया बैंकको २९ करोडमाथि, नेपाल बैंकको २८ करोडमाथि, नेपाल पुनर्बीमा कम्पनीको २३ करोडमाथिको शेयर कारोबार भएको छ ।कुमारी बैंक, शिखर इन्स्योरेन्स, नेशनल लाइफ र नेको इन्स्योरेन्सको शेयर पनि आज सर्वाधिक कारोबार भएको देख्न सकिन्छ ।