ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १८ गते, मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुनको मूल्यमा गिरावट आउदा चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा किनबेच हुँदैछ । सोमबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
![](https://1.bp.blogspot.com/-aY8bcMrKCMI/YD3WikYcHBI/AAAAAAAAMG8/wqnalrHEFEgFzF0KcDzFGyYzw2uw3FpswCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-02%2Bat%2B11.53.54.png)