
ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत ८ गते, आईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ८७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ ।

शुक्रबार चैत ६ गतेका दिन छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आईतबार सुनको मूल्यमा वृद्धि भएसँगै चाँदीको मूल्यमा पनि वृद्धि आएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले उकालो लागेको देख्न सकिन्छ।