ज्ञानमाण्डू।मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको जानकारी दिएको छ ।
![](https://1.bp.blogspot.com/-UbBu3CUx_wg/YDzzu1RWhUI/AAAAAAAAMF4/C384-nROcH4IwUBkfbUo25P6lbj8X9EMwCNcBGAsYHQ/s16000/Photo-%2BQR%2BCode%2Bat%2BSafa%2BTempo.jpg)
काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था मिलाएको उल्लेख गरेको छ । डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर बिस्तार गरिने बैंकले जनाएको छ ।
![](https://1.bp.blogspot.com/-oh7b-XX9SXM/YDzz7TfY7NI/AAAAAAAAMF8/cMLjDs5Xl3ofJBLSvtdVPsfwzlolMpq4ACNcBGAsYHQ/s16000/Photo-QR%2BCode%2Bat%2BSafa%2BTempo.jpg)
यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको ब्यवस्था गर्दै आएको व्यहोरा बैंकले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।